गुल्मीमा २ दिन बैंक खुल्दा सेवाग्रहीको चाप

अनिल खत्री
१४ जेठ, गुल्मी । हप्तामा २ दिन आइतवार र बुधवार १० बजेदेखि १ बजेसम्म बैंक खोल्दा मानिसहरुको चाप बढेसँगै कोरोना संक्रमणको उच्च जोखिम बढेको हो । जिल्लामा बुधवारका बैंकहरुमा देखिएका दृश्यहरुले कोरोना संक्रमणको जोखिम बढाएको देखिन्थ्यो ।

बैंकमा बिभिन्न कारणले पुग्नेहरुले बैंक अगाडी लाइनमा लामबद्ध भएर बस्दा संक्रमणको जोखिम बढाएको हो । २ दिन मात्रै खुल्ने भएपछि एकैपटक धेरै जसो बैंकमा पुग्ने गर्नाले संक्रमणको जोखिम बढाएको छ ।

जिल्लामा खाद्ययन्न तथा तरकारी पसलहरु पनि प्रत्येक दिन ११ बजेदेखि १ बजे सम्म खुल्ने गर्दछन् । सो समयमा सबै एकै पटक किनमेल गर्न बजारमा निस्किने गर्नाले पनि बजारमा चहलपहल बढने गर्दछ ।

जिल्लामा हाल संक्रमण देखिएका गाउँपालिका सिल गरिएको छ । संक्रमितको संख्य बढन थालेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले चन्द्रकोट, सत्यवति, रुरुक्षेत्र, छत्रकोट र मुसिकोटमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन्

जिल्लामा हालसम्म संक्रमित संख्या ४ जना मध्ये १ जनाको मृत्यु भएको छ । पछिल्लो धुर्कोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आएर क्वारेनटाइनमा बसेका एक युवामा कोरोना भाइरस पोटिजिभ देखिएपछि संक्रमित व्यक्तिको सम्र्पकमा आएका जनप्रतिनिधी, सिडीयो सहित सुरक्षा निकाय प्रमुखहरु होम क्वारेन्टिनमा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D