gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा २७२३ जना कोरोना संक्रमण मुक्त

अनिल खत्री
५ असार, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म २ हजार ७२३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ३ हजार ९२ जनामध्ये २ हजार ७२३ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीले जनाएको छ ।

जिल्लामा हाल २९७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये २८४ जना होम आइसोलेशनमा रहेका छन् । १३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

जिल्लामा कोरोनाको दोस्रो चरणमा ८९ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २७ हजार २९३ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३४६ जना रहेका छन् ।

जिल्लामा असार ७ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमणको दर केहि घटेसँगै जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ ।

खाद्यवस्तु बेच्ने पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टा मात्रै खोलिदै आएकोमा १ घण्टा थपेर ४ घण्टा खोल्न पाइने भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D