gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा २६५ जना कोरोना संक्रमित घर फर्के

अनिल खत्री
२५ असार, गुल्मी । गुल्मीमा २ सय ६५ जनाले कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लाका बिभिन्न स्थानीय तहमा बनाइएका आसुलेशनमा बसेर कोरोना जितेर घर फर्किनेको संख्या २ सय ६५ जना पुगेको छ ।

कोरोना मुक्त भएर घर फर्केकाहरुमा २२१ जना पुरुष र ४४ जना महिला रहेका छन् । पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार कोरोना जितेर घर फर्किनेहरुमा जिल्लाको रेसुङ्गा नगरपालिकाबाट ४९ जना, रुरुक्षेत्र गाउँपालिकाबाट ३०, इस्मा गाउँपालिकाबाट ५७, मालिका गाउँपालिकाबाट १३ जना, चन्द्रकोट गाउँपालिकाबाट २१, मदाने गाउँपालिकाबाट ५ जना, धुर्कोट गाउँपालिकाबाट ३५ जना रहेका छन् ।

त्यस्तै छत्रकोट गाउँपालिकाबाट १७ जना, मुसिकोट नगरपालिकाबाट १५ जना, सत्यवति गाउँपालिकाबाट ११ जना, गुल्मीदरवार गाउँपालिकाबाट ११ जना, कालीगण्डकी गाउँपालिकाबाट १ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु कोरोना मुक्त भएर घर फर्किने बेला बिभिन्न स्थानीय तहले सम्मान गरेर पठाउने गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३४४ जना पुगेका छन् ।

संक्रमित कुल २६५ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D