gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा १ सहित नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १ सय नाघ्यो

काठमाडौं, साउन ३१ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । १७ हजार २०१ जना निको भएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–७, का ४० वर्षीय पुरुष, पर्सा वीरगञ्ज महानगरपालिका–१२, का ६० वर्षीय पुरुष र धनुषा जनकनन्दनी गाउँपालिका–४, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

कहाँ कति थपिए ?

पछिल्लो २४ घण्टामा गुल्मीमा १ सहित देशभरमा ४६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । गुल्मीमा थपिएका संक्रमितको बारेमा भने थप खुलाईएको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D