जनार्दन घिमिरे
गुल्मी, मंसिर ०४ । गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ ।
गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलो लुम्पेकमा रहेकाे धर्मपुर मावि ‘ख’ मतदान केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे ।
उहाँले पहिलो मतदान गर्नु भएको मतदान अधिकृत रामजी प्रकाश ढकालले जानकारी दिनुभयो ।