gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा १६ दिनमा १३ सय ३९ ले बनाए नागरिकता, ९ सय ५० राहादानी सिफारिस

टोपलाल अर्याल
गुल्मी, १७ कार्तिक । जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्तिक महिनाको १६ दिनमा मात्रै एक हजार तीन सय ३९ नयाँ नागरिकता वितरण गरेको छ । अरु समय दैनिक सरदर ३० देखि ४० नागरिकता बितरण हुन्छ । राहादानी पनि दैनिक २० देखि २५ वितरण हुँदै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिल बहादुर थापाका अनुसार कार्तिक १ देखि १६ गतेसम्म चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । त्यस्तै राहादानी सिफारिस दु्रत दुई सय २६ र सामान्य सात सय २४ गरेर नौ सय ५० गरिएको छ । भने १६ दिनमा चार सय ४७ जनालाई राहादानी वितरण गरिएको छ । राष्ट्रिय परिचय पत्र एक हजार एक सय ९४ र दलित, जनजातिहरुको नाथ थर प्रमाणित दुई सय पाँच जनाको गरिएको खरिदार थापाले जानकारी दिए ।

प्रत्येक बर्ष जिल्ला प्रशासन कार्यालयमा दशै र तिहारका बेला नागरिकता, राहदानी लगायतका सेवा लिनेहरुको निकै भिड हुने गरेको छ । दशैमा नियमित बाहेक बाहिरबाट घर आएकाहरुले पनि मौका छोप्ने भएकाले सेवाग्राहीको चाँप बढि हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले पुर्वमा पुर्तिघाटदेखि पश्चिममा अग्लुङसम्मका नागरिकलाई समान व्यावहार गरेर अहिलेसम्म सेवा प्रबाह गरिएको बताए । ‘कसैले दवाब प्रभावमा पारेनन । कर्मचारीको समन्वय र सेवाग्राहीको धैर्यता राम्रो रह्यो,’उनले भने,‘गत बर्षभरको बढि नागरिकता दिएको महिनामा भन्दा १६ दिनमा बढि सेवाप्रबाह गरेका छौ ।’

एक प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहादानी

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दुई जना प्रशासकीय अधिकृत छन् । दुई जना मध्ये ज्ञान कुमारी भुसाल तिजपछि बिदामा छन् । सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी पनि सरुवा भएपनि कार्तिक ४ गतेबाट प्रशासकीय अधिकृत उद्धव पन्थीले नागरिकता र राहादानी प्रमाणितको काम गरिरहेका छन् । बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म गरेर एक सय ५० जनालाई नागरिकता वितरण र एक सय ४२ जनासम्मलाई राहादानीको सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

प्रशासनको सिस्टमले दैनिक ७० भन्दा बढि नागरिकता दिन मुस्किल पर्छ । एउटा कम्प्युटरबाट बाहेक नागरिकता प्रिण्ट गर्न मिल्दैन् । १५ दिन सरदरमा दैनिक एक सयलाई नागरिकता दिएको पन्थीले बताए । ‘जहिले दिएपनि नागरिकता र राहादानी दिनुनै पर्ने थियो । सेवा प्रबाहमा कार्यालयको तर्फबाट कुनै कसुर बाँकी रहेन,’उनले भने,‘सवै कर्मचारीको समन्वयमा संभव भयो ।’ पन्थीले बिगतमा चाडपर्वका बेला एक÷दुई दिन भिड हुने गरेको भएपनि १५ दिन एकैनासले सेवाग्राही आएका कारण व्यावस्थापनमा चुनौति देखिएको बताए ।

असोज महिनामा पनि एक हजार एक सय आठ जनाले नयाँ नागरिकता लिएका छन् । भने चार सय ३३ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । सामान्य र द्रुत गरेर सात सय ८३ राहादी सिफारिस गरिएको छ । एक हजार चार सय सात जनाले राष्ट्रिय परिचय पत्रको विवरण भरेका छन् । भने २८ नाबालक परिचय पत्र वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिलिपिले झनै सास्ती

जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकतासंगै प्रतिलिपि लिनेहरुको भिड पनि उत्तिकै छ । कार्तिक १ देखि १६ गतेसम्म एक हजार तीन सय ३९ नयाँ नागरिकता वितरण भएका छन् । चार सय ७८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तै असोज महिनामा पनि एक हजार एक सय आठ जनाले नयाँ नागरिकता लिएका छन् । भने चार सय ३३ जनालाई नागरिकताको प्रतिलिपि लिने छन् । नागरिकताको प्रतिलिपि पटक–पटक लिने कुरा कानुनी रुपमा राम्रो मानिदैन् । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले नागरिकले नागरिकतालाई कम महत्व दिएका कारण प्रतिलिपि लिनेको संख्या बढेको बताए ।

‘सवैभन्दा ठुलो प्रमाण नागरिकता हो । तर, नागरिकतालाई बाइकको लाइसेन्स जस्तै पनि नठानेकाले हराउने र बनाउने सामान्य बन्यो,’उनले भने,‘यो नागरिककै लागि गम्भिर प्रश्न हो ।’ उनले नागरिकताको प्रतिलिपि बिपन्नले भन्दा सम्पन्न परिवारलेनै बढि लिएको बताए । जिल्लाका नयाँसंगै प्रतिलिपिको संख्या देखेर आफु पनि आश्चर्य परेको बताउँदै पौडेलले नागरिकताको हेरबिचारमा ध्यान दिन सवैलाई अनुरोध गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D