gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा १६२५ जना कोरोना संक्रमण मुक्त

अनिल खत्री
१९ जेठ, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित २२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीले जनाएको छ ।

जिल्लामा हाल ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । २३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

जिल्लामा कोरोनाको दोस्रो चरणमा ८१ जनाको मृत्यु भएको छ । जिल्लाभर १७१ बेडको आइसोलेशन तयार गरिएको छ ।

हाल जिल्लामा २७७ वटा अक्सिजन सिलिण्डर रहेका छन् । जिल्ला चभर ३९ वटा एम्बुलेन्स रहेका छन् । जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २२ हजार ५७८ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३१६ जना रहेका छन् ।

जिल्लामा जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा गरिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D