gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा १४ दिन देखी कोरोनासँग लडिरहेका संक्रमितको अवस्था गम्भीर, बेडमा नसकेपछि भुइँमै राखेर उपचार

गुल्मी, जेठ २६ । रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासको आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाका अनुसार उनी भारतबाट आई धुर्कोटको क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो ।

१४ दिनदेखि आइसुलेसनमा रहेका संक्रमितको अवस्था गम्भीर बनेपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी छन् । २ वर्षदेखि आन्द्राको क्यान्सरबाट उनमा रक्त अल्पताको समस्या देखिएको थाहा खबर डट कमले समाचार छापेको छ । संक्रमितकै उपचारमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत दिएकी डक्टर पच्चाले बताए । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिए पनि पठाउन नसकिएको डक्टर पच्चाले बताए ।

संक्रमित व्यक्तिको अवस्था दिनानुदिन जटिल बन्दै गएको उनले बताए। संक्रमित व्यक्तिको २ पटक लिइएको स्वाबको रिपोर्टमा कोरोना पोजिटिभ नै आएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए। बेडमा संक्रमित बिरामी बस्न नसकेपछि उनलाई भुइँमा राखेर उपचार गरिएको अर्यालले बताए।

धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन उनमा संक्रमण पुष्टि भएको थियो । गाउँपालिका अध्यक्ष सेल्फ आइसोलेसनबाट कोरोना जितेर घर फर्किसकेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D