गुल्मीमा १३ वर्षकी किशोरी एक्कासी बेहोस भएपछी उपचारमा आर्थिक समस्या

अनिल खत्री
गुल्मी, १६ भदौ । गुल्मीमा एक बालिकाको उपचार खर्च जुटाउन नसक्दा परिवारको बिचल्ली भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ झिरनेटा निवासी १३ वर्षकी रिमा नेपालीको उपचार खर्च जुटाउन नसक्दा परिवारमा बिचल्ली भएको हो ।

रिमा मंगलवार एक्कासी बेहोस भएर उपचारको लागि पाल्पा लगिएको छ । पाल्पामा आइसियूमा राखेर उपचार गर्नुपर्ने भएपछि धेरै रकम जुटाउन नसक्दा परिवारलाई समस्या परेको छ ।

उपचारको लागि दैनिक १० हजार रुपैँया भन्दा बढि लाग्ने भएपछि उपचार गर्न समस्या परेको बिरामी रिमाको बुवा सन्तबहादुर नेपालीले बताए । गाउँमा ज्याला मजदुरी गर्दै परिवार खर्च चलाउदै आएका नेपालीले आफनी छोरी बचाउनको लागि सक्दो सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

बेहोस भएकी रिमाको पाल्पा प्रवास मेडिकल बलेजमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ