gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा १२ औं राष्ट्रिय सूचना दिवस मनाइयो

अनिल खत्री
३ भदौ, गुल्मी । गुल्मीमा एक कार्यक्रमका बिच १२ औं राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा एकिकृत ग्रामीण बिकास समाज र पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा मनाइएको हो ।


कार्यक्रममा एकिकृत ग्रामीण बिकास समाज गुल्मीले बिभिन्न क्षेत्रमा गरेका कार्यक्रमहरुको बारेमा बार्षिक कार्यक्रमहरु पनि सार्बजनिक गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक कृष्ण बिश्वकर्माले संस्थाले गरेका वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।


संस्थाले जिल्लाका बिभिन्न स्थानका बिभिन्न क्षेत्रमा गर्दै आएका कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । १२ औं राष्ट्रिय सूचना दिवसको अवरमा सुचनाको हक र जिल्लाको अबस्थाको बारेमा जानकारी सहभागीले जानकारी गराएका थिए ।


कार्यक्रममा नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे, पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री, संस्थाका अध्यक्ष हिरा एसी, पत्रकार गंगा खड्काले जिल्लामा कार्यालयहरुले सुचना अधिकारी तोक्ने काम गरेपनि प्रभावकारी नभएको बताएका थिए । कार्यालयहरुले सुचना मागे मात्रै दिने भन्दा पनि आफैले सूचना सार्बजनिक गर्ने कामको सुरुवात गर्न सुल्झाएका थिए ।


सहभागीहरुले सूचनाको हक र सुचना लिने दिने बारेमा जिल्ला स्थित बिभिन्न कार्यालयका सुचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम जरुरी रहेको बताएका थिए । जिल्लामा कुनै पनि निकायबाट सूचना दिवस नमनाएपछि गैरसरकारी निकाय एकिकृत ग्रामीण बिकास समाज गुल्मीले भने मनाएको हो ।


संस्थाले जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र नागरिक समाज बिच अन्र्तरक्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागीले उठाएका बिषयवस्तुहरु माथी सम्बन्धीत निकाय र आगामी दिनका कार्यक्रममा ध्यानकर्षण गराउने संस्थाकी सदस्य हिरा कुँवरले बताइन् । सूचना सार्बजनिक र मागेको बेला लिन दिने काम भए कार्यालय लगायत संस्थाले गरेका कामहरुमा पारदर्शीता आउने कुँवरले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D