गुल्मीमा ११ वर्षीय बालक घर भित्रै झुण्डिएको अवस्थामा भेटिए

गुल्मी, भदौ १८ । दिनभर बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका ८ तुराङ पिपलपाटाका ११ वर्षीय विपिन रिजाल घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुन्नीको पासो फुकाई उपचारका लागि लैजान लैजाने बेला उनको मृत्यु भएको वडाका वडाध्यक्ष नन्दराम आर्याललय जानकारी दिए ।

विहान वहिनीसँग छिमिकीको घरमा टि.भी हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको परिवारले बताए ।

वडाध्यक्ष अर्याले भने, ‘साँझपख बारीबाट घर आइभित्र पसेको र ढोका लगाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुन्नीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ, केहि वेरपछि मृत्यु भएछ ।’

उक्त खबर थाह पाउना साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए । उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि सउदी अरवमा रहेको वडाध्यक्षले बताए । -रातोपटी डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ