gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा १० महिनामा २४० सम्बन्ध विच्छेदका मुद्दा, मुद्दा दिनेमा झन्डै १ सय जना पुरुष

अनिल खत्री
३ भदौ, गुल्मी । पछिल्लो समय गुल्मीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । गत भदौदेखि ०७६ असारसम्म २४० सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता गर्नेमा १४८ महिला र ९२ जना पुरुष रहेका छन् । ती मध्ये १७५ वटा फर्छ्यौट भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले बताए । ६५ वटा बाँकी छन् ।

महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदको लागि झण्डै महिलाकै हाराहारिमा मुद्धा दर्ता गराएका छन् । मुलुकी अपराध संहिता लागू भएपछि गत वर्षको भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दर्ता गरेका थिए । असोजमा ७ जना पुरुष र ९ जना महिला, कात्तिकमा १५ पुरुष र २० महिलाले मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेस्तेदार लामिछानेले बताए ।

सम्बन्ध बिच्छेदमा लागि मंसिरमा ९ जना पुरुष, १० जना महिला, पुषमा ८ जना पुरुष, १७ जना महिलाले मुद्धा दर्ता गराएका थिए । त्यस्तै माघमा ४ जना पुरुष र १३ जना महिला, फागुनमा ५ जना पुरुष र १५ जना महिलाले सम्बन्ध विच्छेद गर्न मुद्दा दर्ता गराएका थिए । चैत महिनामा ९ जना पुरुष र ९ जना महिला, वैशाखमा ७ जना पुरुष र २० जना महिला, जेठमा ३ जना पुरुष, ११ जना महिला र असारमा ४ जना पुरुष र ११ जना महिलाहरुले मुद्दा दर्ता गराए हसन् ।

अपराध संहितापछि सम्बन्ध विच्छेदका मुद्दा बढे

पुरुषलाई पनि सम्बन्ध विच्छेदको कानुनी अधिकार भएपछि सम्बन्ध विच्छेदका मुद्दाहरु बढेको कानून व्यवसायी बिष्णु बलालले बताए । गतवर्षको १ भदौबाट लागू भएको अपराध संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार लामिछानेले बताए । जसका कारण अहिले जिल्ला अदालत तम्घासमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् ।

यसअघि पुरुषलाई भएको अधिकार झन्झटिलो भएका कारण पनि पुरुषहरु समस्या हुँदाहुदै पनि मुद्दा दर्ता गर्न पाउने व्यवस्था थिएन । बिशेष गरी सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा दुबै पक्षको बुझाइमा कमी, वैदेशिक रोजगारी, श्रीमान श्रीमती बीच अनुशासनको कमी जस्ता मुख्य कारणहरु देखिएको कानून व्यवसायीहरु बताउँछन् ।

सम्बन्ध विच्छेदमा कम उमेरमा बिवाह गर्नु, चेतनाको कमी हुनु, एकअर्काप्रति जिम्मेवार नहुनु, अवैध यौन सम्बन्ध पनि कारण रहेको कानूनविदको भनाइ छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D