गुल्मीमा होलीमा सार्बजनिक कार्यक्रममा प्रतिबन्ध, भिडभाड नहुने गरि सभ्य तरिकाले होली मनाउन आग्रह

अनिल खत्री
२५ फागुन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले नेपालीहरुको महान पर्वको रुपमा मनाइने होली पर्वमा सार्बजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोना भाईरसको संक्रमणको जोखिम बढ्ने भएकाले होलीमा सार्बजनिक कार्यक्रमको आयोजना नगर्न अनुरोध गरेको हो । त्यस्तै लोला र पानीको फोहोरा हान्न पनि प्रतिबन्ध गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए ।

प्रशासनले सार्बजनिक रुपमा भिडभाड नहुने गरि सभ्य तरिकाले होली पर्व मनाउन आग्रह समेत गरेको छ । प्रशासनले नेपाल सरकार स्वस्थ्य जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढने भन्दै धेरै मानिस उपस्थित हुने सभा, महोत्सव, सम्मेलन, शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्बजनिक सूचनामा उल्लेख छ ।

सूचनामा धेरै मानिस उपस्थित हुने समारोहमा उपस्थित नहुन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ