गुल्मीमा होम क्वारेन्टीनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ

अनिल खत्री
६ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टीनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको बिहिवार राती मृत्यु भएको थियो ।

मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा बसेका थिए ।

मृतक पुरुष प्यारालाइसेसको बिरामी रहेको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको हेरचाहा गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडिटी परिक्षणका नेकेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टीनमा बस्न नसक्ने भएपछि मृतकका छोरी ज्वाइले हेरचाहा गर्ने गरिहोम क्वारेन्टीनमा राखिएको थियो । मृतक पुरुषको शबलाई शुक्रवार नै सोहि गाउँपालिकामा नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १५३ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D