gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु

अनिल खत्री
५ असार, गुल्मी । गुल्मीमा होम क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।

गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा रहेका उनको मृत्यु भएको हो । मृतक पुरुष प्यारालाइसीसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहिवार कोरोना परिक्षणका लागि आरडिटी पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । उनको गएराती मृत्यु भएको हो ।

मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको आचार्यले बताए । मृतक पुरुषलाई भारतबाट हेरचाहा गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडिटी परिक्षणका नेकेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टीनमा बस्न नसक्ने भएपछि मृतकका छोरी ज्वाइले हेरचाहा गर्ने गरिहोम क्वारेन्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पौडेलले बताए । मृतक पुरुषको शबलाई नेपाली सेनाले व्यवस्थापन गर्न घटना स्थल पुगेको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ जना पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म पिसिआर परिक्षण्को लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D