गुल्मी, कार्तिक १२ । गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको रेसुङगा नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जना जुवाडे रहेका छन् ।
रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको छ ।
होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो । पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका रहेका छन् । वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।