gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने

अनिल खत्री
१६ जेठ, गुल्मी । गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन चलेको लक डाउनलाई मध्यनजर राखेर जिल्लामा हप्तामा ३ दिन बैंक तथा बित्तिय संस्था खुल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

लामो समयसम्म बैंक तथा बित्तय संस्था बन्दहुँदा सेवाग्रही मर्कामा परेका थिए । प्रशासनले मानिसहरुको सामाजिक दुरीलाई ख्याल राखेर आबश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर हप्ताको ३ दिन आइतवार, मंगलवार र बिहिवार बिहान १० बजेदेखि १ बजेसम्म खुल्ने भएको अधिकृत पाण्डेयले बताए ।

यस अधि प्रशासनले हप्तामा २ दिन मात्रैबैंक तथा बित्तिय संस्था खोल्ने निर्णय गरेको थियो । तर दुई दिन बैंक खोल्दा मानिसहरुको अत्याधिक चाप बढेपछि त्यसलाई बढाएर ३ दिन बनाइएको हो ।

गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढ्दै गएको छ । जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको पनि छ ।

त्यसमाथी ३ जना संक्रमित छन् । जिल्लामा कोरोना संक्रमित बढेसँगै उच्च जोखिम बढदै गएको छ । जिल्लामा २ वटा स्थानिय तहमा कोरोना संक्रमित ४ जना फेला परेका हुन् ।

मदाने गाउँपालिका र धुर्कोट गाउँपालिका कोरोना संक्रमण देखिएको छ । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढदै गएको छ ।

जिल्लामा खाद्ययन्न तथा तरकारी पसलहरु पनि प्रत्येक दिन ११ बजेदेखि १ बजे सम्म खुल्ने गर्दछन् । जिल्लामा हाल संक्रमितको संख्य बढन थालेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले चन्द्रकोट, सत्यवति, रुरुक्षेत्र, छत्रकोट र मुसिकोटमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन् । जिल्लामा हालसम्म १ सय ११ जनाको पिसिआर र ३ सय ७८ जनाको आरडिटि परिक्षण गरिएको पाण्डेयले बताए ।

जिल्लामा हालसम्म पिसिआर परिक्षणको लागि १५६ जनाको स्वाब संकलन गरिएको थियो । जिल्लामा हालसम्म संक्रमित संख्या ४ जना मध्ये १ जनाको मृत्यु भएको छ । पछिल्लो धुर्कोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आएर क्वारेनटाइनमा बसेका एक युवामा कोरोना भाइरस पोटिजिभ देखिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D