gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा हत्या गरेको आठ महिना पछि अभियुक्त पक्राउ

अनिल खत्री
१९ बैशाख, गुल्मी । गुल्मीमा हत्या गरेको आठ महिना पछि प्रहरीले अभियुक्त पक्राउ गरेको छ । गएको भदै २१ गते राति जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२, हस्तिचौर घर भई वडानम्बर–१, छिनुवामा होटल संचालन गर्ने २३ वर्षीय मोतिबहादुर कुँवरको हत्या गर्ने अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्न अभियुक्त इस्मा गाउँपालिका वडानम्बर–१ निवासी १८ वर्षका रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षको शुसिल कुमाललाई आइतवार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । मृतक कुवँरको गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा घाइते फेला परेकोमा उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।

अभियुक्तहरुले गत भदौ ३ गते तिजको राम हेर्न राहले जाने क्रमम भएको बिवादका कारणले झगडा भएको प्रहरीलाई बयान दिएका छन् । तिजको राम हेर्न जाँदा केटीलाई कीन लाइट देखाएको भन्ने विषयमा अभियुक्त रमेश र मृतक मोतीबहादुर कुँवर बिच भदौ २१ गते राती होटलमै झगडामा हाना हान भएको प्रहरीलाई वयान दिएका छन् ।

तीन जानमध्ये अन्य दुइ जान घटनामा संलग्न भएको प्रहरीले जनाएको छ ।हत्या गरेको लामो समयसम्म अभियुक्त पक्राउ गर्न नसक्दा जिल्ला वासीले प्रहरी माथी प्रश्न उब्जाएका थिए । तर लामो समयपछि भएपनि पह्ररीलाई सफलता मिलेको छ ।

जिल्लामा एक पछि अर्को घटनामा प्रहरीले अनुसन्धानमा सक्रिया नदेखाएपछि नयाँ प्रहरी प्रमुख एसपी भट्टराईलाई पठाएको थियो । भट्टराई आएलगत्तै जिल्लामा घटेका अधिकांश घटनाहरुमा संलग्न अभियुक्त धमाधम पक्राउ परेका छन् ।

अभियुक्तलाई सार्बजनिक गरेपश्चात जिल्ला अदालत गुल्मीमा म्याद थप गरिएको छ । मृतक मोति र उनका दाजु यमबहादुरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D