gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा सोमबार थपिएका कोरोना संक्रमितमा जनप्रतिनिधी, होटल ब्यवसायी र बैंकर्स पनि

सन्जु काउछा
भदौ १६ । गुल्मीमा सोमबार थप १२ जना कोरोना संक्रमित मध्य जनप्रतिनिधी, होटल ब्यवसायी र बैंकर्स पनि रहेको खुलेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

इश्मा गाउँपालिकाका ५ जना र चन्द्रकोट गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

सोमबार चन्द्रकोटमा थपिएका ७ जनामध्य वडा नं ७ र ८ का एक-एक जनप्रतिनिधी पनि रहेका स्रोतले जानकारी दिएको छ । ८ नं वडामै रहेका बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको जनाईएको छ । गाउँपालिकाले समुदाय स्तरमा गरेको कोरोना परिक्षणमा वडा नं ४ मा रहेका एक होटल ब्यवसायीमा पनि कोरोना पुष्टी भएको हो ।

चन्द्रकोट गाउँपालिकामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनामा कोरोना संक्रमण भएको गाउँपालिकाले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीबाट भदौ १५ गते प्राप्त नतिजा अनुसार ३८, ५१, ६१ र ६८ बर्षिय पुरुषहरु तथा २२, २७ र ३५ बर्षिया महिलाहरुमा संक्रमण देखिएको गाउँपालिकाद्वारा जारी सुचनामा जनाईएको छ । पहिले बहिरबाट आएर क्वारेन्टाईनमा बसेकाहरुमा देखिने गरेको कोरोनाको संक्रमण समुदायका मानिसहरुमा देखिन थालेसँगै कोरोना समुदाय स्तरमै फैलिएको शंका भएको गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले गुल्मीन्युजलाई बताए । यद्यपी बिज्ञहरुबाट यस्को पुष्टीहुन बाँकी रहेको पनि उनले जानकारी दिए । “कोरोना संक्रमणलाई थप फैलिन नदिन सोमबार राती १२ बजे देखी अर्को निर्णय नहुँदा सम्मको लागी चन्द्रकोट गाउँपालिका सिल गरिएको छ”, प्रशासकिय अधिकृत भण्डारीले भने, “यो समयावधीमा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सबै कृयाकलाप तथा सेवाहरु बन्द गरिएको छ ।”

संक्रमीत कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको नहुँदा अहिले उनिहरुको अबस्था सामान्य रहेको भन्दै संक्रमीतलाई होम आईसोलेसनमा राखिने चन्द्रकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकासचन्द्र शर्माले जानकारी दिए ।

उता सोमबार नै इस्मामा थपिएका ५ जना मध्य २ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाईएको छ । गाउँपालिकाको वार्ड न. ६ को श्री बुल्म प्रावीको क्वारेण्टाईनमा रहेका १७ र १९ बर्षिय दुई पुरुष र वार्ड नं ३ को श्री सुन्तलादेवी निमावीको क्वारेण्टाईनमा रहेकी एक ६६ मर्षिया महिलामा कोरोना संक्रमण रहेको गाउँपालिकाका सुचना प्रविधी अधिकृत तथा कोरोना बिषेश सुचना अधिकृत बाबुलाल थापाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । त्यस्तै वार्ड नं ५ को श्री मनकामना निमावीमा रहेका १५ बर्षिय एक पुरुष र ३७ बर्षिया एक महिलामा कोरोना पुष्टी भएको । यो सँगै इश्मा गाउँपालिकामा संक्रमितको संख्या ६४ पुगेको छ भने अझै १६ जनाको कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी रहेको पनि गाउँपालिकाले जनाएको छ । यस अघी गाउँपालिकाबाट ५८ जनाले संक्रमितले कोरोना जितेर घर फर्किसकेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D