गुल्मीमा सेनाद्धारा विपद पूर्वतयारीेको प्रयोगात्मक अभ्यास

अनिल खत्री
३० साउन, गुल्मी । नेपाली सेनाले विपद्को पूर्व तयारी स्वरुप विपद् व्यवस्थापन अभ्यास गरेका छन् । बिरभद्रजंग गुल्म गुल्मीले विपद पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटना जस्ता विपदका बारेमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको हो ।

विपद पूर्व तयारी स्वरुप सेनाले खोज तथा उद्दार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सम्बन्धी कृत्रिम पूर्व अभ्यास गराइएको थियो । बाढी पहिरो, आगजनी लगायतका प्राकृतिक प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सम्बन्धी विपद पूर्वतयारी अभ्यास गराइएको हो ।

मध्य पश्चिम पृतना हेडक्वार्टर, बुटवलबाट विपद् व्यवस्थापन कार्यमा विशेषज्ञता हासिल गरेको फौजहरू कालीभक्ति गण (ई) र नं.२ विपद् व्यवस्थापन गणबाट यस गुल्म हातामा आवश्यक उपकरण सहित खटाइएको थियो । विपद् प्रतिकार्यमा विशेषज्ञता हासिल गरेका उक्त फौज मध्येबाट छनौट गरी यस गुल्ममा ३० जना शिक्षार्थीहरू सहभागी गराई श्रावण १८ गतेबाट ट्याक्टिकल लेवल सर्च एण्ड रेस्क्यू रिफ्रेशर तालिम सञ्चालन भएको थियो ।

अभ्यासमा खटिएका सेनाका जवानहरू कसैले घाइते भएको, कोही डाक्टरको भएको अभिनय मार्फत प्रदर्शन गरेका थिए । विपद आइसकेपछि उद्धारका लागि गाउँबासीलाई उनीहरुले गुहार गरेको दृश्य देखिन्थ्यो । ऐया मरे बचाउ बचाउ बचाउ बचाउ भन्दै कोही रोई कराई रहेका थिए ।

सेनाले घटनास्थलमा खटिएर घाइेतहरूलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लग्दै थिए । सुरक्षा तयारीका साथ खटिएका नेपाली सेनाले घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तल्लिन देखिन्थ्यो । अभ्यासमा बिभिन्न प्राकृतिक विपत्ति, दुर्घटना, भुकम्प जस्ता विपत्तिमा कृतिम कथा बनाइ प्रयोगात्मक अभ्यास गराइएको हो ।

जिल्ला सदरमुकाम तम्घासको नेपाली सेनाको ब्यारेकमा जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा अभ्यास गराइएको थियो । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाली सेनाले गरेका उद्धार, खोज गर्दै आएको छ ।

वर्षा याममा हुन सक्ने बाढी पहिरो जस्ता विनाशकारी विपद्का समयमा तत्काल परिचालन भई मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेनाले आफ्नो मानव स्रोत र विपद् व्यवस्थापनका क्षेत्रहरूमा गर्ने गरेको छ । सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने लगायतको कार्यमा सक्रिय सहभागिता रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ