gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा सिडियो कार्यालयकै अगाडी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाईयो

गुल्मी, १० पुस । गुल्मीको सदरमुकाम तम्घासमा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नै जसपाका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।

पुत्ला दहनपछि बोल्दै जसपा गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले संसद विघटनको विरोधमा पुत्ला दहन गरिएको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूह, नेपाली कांग्रेस र जसपाले देशका विभिन्न भागमा प्रदर्शन गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D