टोपलाल अर्याल
गुल्मी, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ । सार्वजनिक सवारी साधनमा ब्याबसायिक प्रयोजनको लागि ल्याइएको ६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायब उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।
देउराली चेकपोस्टमा नियमित सवारी साधन चेकजाँचको क्रममा फेला परेको मदिरा स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको खरेलले बताए । उनले जिल्लामा घरेलु मदिरा उत्पादन, सेवन र बिक्रीवितरणको ब्यायापक जनगुनासो आएपनि स्थानीय तहले सहजीकरण नगर्दासम्म नियन्त्रण गर्न समस्या भएको बताए ।
केही स्थानीय तहले बेलाबखतमा बजार अनुगमन र मदिरा नियन्त्रणको अभियान संचालन गरेपनी नियमित कार्यान्वयनको अभाव रहेको छ ।