gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीमा साढे ४ हजार बिपन्न परिवारले राहत पाए, अझै ५ हजार बढिलाई वितरण गरिदै

टोपलाल अर्याल
गुल्मी, २५ चैत। गुल्मीमा राहत वितरणको लहर चलेको छ । जिल्लाका दुई नगर र १० गाउँपालिकामा नौ हजार सात सय ८९ बिपन्न परिवारले राहत पाउने छन् । त्यो मध्ये मंगलबारसम्म चार हजार चार सय ३५ परिवारले राहत पाएका छन् । भने पाँच हजार दुई सय ५४ बिपन्न परिवारले राहत पाउन बाँकी रहेको छ । अहिलेसम्म एक नगर र तीन गाउँपालिकाले राहत वितरण गरिसकेका छन् ।

रेसुङा नगरपालिकाले तीन दिन लगाएर १४ वडाका एक हजार चार सय ९१ जनालाई राहत वितरण गरिसकेको छ । रेसुङा नगरपालिकाले परिवार संख्याको आधारमा चार भागमा बर्गीकरण गरेर राहत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । जिल्लाको धुर्कोट, मालिका र गुल्मी दरवार गाउँपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण गरेर सम्पन्न गरेका छन् । तीन वटै गाउँपालिकाले राहत वितरणको आफ्नै मापदण्ड बनाएका छन् ।

धुर्कोट गाउँपालिकाले पहिलो चरणमा सात वडाका पाँच सय ८१ परिवारलाई राहत बितरण गरिएको गाउँपालिकाले जनाएको छ । प्रति परिवार २५ किलो चामल, पाँच किलो आलु, एक पोका तेल र एक पोका नुन वितरण गरिएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । त्यस्तै मालिका गाउँपालिकाले पनि आठ वडामा राहत वितरणको काम सम्पन्न गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले पहिलो चरणमा पाँच सय ७१ परिवारलाई प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, एक पोका नुन र एक लिटर तेल वितरण गरेका जानकारी दिए । गुल्मी दरवार गाउँपालिकाले छ सय २६ जना विपन्न परिवारलाई राहत बितरण गरिएको छ ।

राहत बितरणको चटारो

छत्रकोट गाउँपालिकाले सवैभन्दा पहिले राहत घोषणा गर्ने स्थानीय तह हो । बल्ल अहिले राहत वितरणको चटारो चलेको छ । गाउँपालिकाले सात सय ५० जना बिपन्न परिवारलाई राहत वितरण गर्दैछ । जसमा अहिलेसम्म चार ८२ परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । उनले परिवार संख्याको आधारमा राहत प्रदान गरिएको बताए । त्यस्तै मुसिकोट नगरपालिकाले ९ वडाका दुई हजार सय ९७ घर परिवारलाई राहत वितरण गर्ने योजना बनाएको छ । अहिलेसम्म वडा नं ५ देखि ८ सम्म गरेर सात सय बढि परिवारलाई राहत वितरण गरेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । मुसिकोट नगरपालिकाले परिवार संख्याको आधारमा दुई भागमा बर्गीकरण गरेर राहत प्रदान गरेको सापकोटाले बताए । कालिगण्डकी गाउँपालिकाले अहिलेसम्म तीन सय घर परिवारलाई राहत वितरण गरेको छ । वडा स्तरमा सर्वदलिय संयन्त्र गठन भएकाले बिपन्न परिवारको लगत संकलन, खाद्यन्य खरिद तथा वितरणको काम संयन्त्रले गर्ने कालिगण्डकी गाउँपालिका प्रमुख बेद बहादुर थापाले बताए ।

राहत वितरणमा सुस्त स्थानीय तह

जिल्लाका चार स्थानीय तह राहत वितरणमा सुस्त देखिएका छन् । जिल्लाको इस्मा, रुरु क्षेत्र, सत्यवति, मदाने र चन्द्रकोट गाउँपालिकाले अहिलेसम्म राहत वितरण गर्न सकेका छैनन् । इस्मा गाउँपालिकाले बुधबारबाट राहत वितरणको योजना बनाएको छ । अहिले पहिलो चरणमा छ वटा वडाका ११ सय ४९ जनालाई राहत वितरण गरिने इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । अहिले वडाहरुमा लगत संकलन गरेर स्थानीय व्यापारी मार्फत खाद्यान्य खरिद गर्ने काम भएकाले तत्काल वितरण गरिने उनले बताइन् । सत्यवति गाउँपालिकाले पनि चार सय ४९ जनालाई राहत वितरण गर्ने योजना बनाएको छ । सत्यवतिले पनि खाद्यान्य ढुवानीको काम भएकाले बुधबारबाट वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । रुरु क्षेत्र गाउँपालिकाले अहिलेसम्म साढे पाँच सय बिपन्न परिवारको लगत संकलन भएको जनाएको छ । खाद्यान्य खरिद प्रक्रिया जारी रहेकाले केहि दिनमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिकाले पनि एक वडाबाट १५ देखि २५ घर परिवारलाई राहत बितरण गर्ने जनाएको छ ।

मदानेले राष्ट्रिय मापदण्ड अनुसार राहत दिने

मदाने गाउँपालिकाले पनि अहिलेसम्म राहत वितरण गर्न सकेको छैन् । तर मदाने गाउँपालिकाले राष्ट्रिय मापदण्ड अनुसारनै राहत वितरणको योजना बनाएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताए । गाउँपालिकाका सात वटा वडामा सात सय २७ जनाले राहत पाउँदैछन् । राष्ट्रिय मापदण्ड अनुसार प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो चिनी र चार वटा सावुन वितरण गरिने सूचना अधिकारी पोख्रेलले बताए । उनले अहिले खाद्यान्य ढुवानीको काम भएकाले बुधबारबाट वितरण गरिने जानकारी दिए । खाद्यान्य खरिद तथा वितरणको काम वडा कार्यालय आफैले गर्ने र अनुगमन गाउँपालिकाले गर्ने पोख्रेलले बताए । राहत बितरणको राष्ट्रिय मापदण्डको परिणाम बढि भएकाले महङ्गो पर्छ । त्यहि कारण जिल्लाका अन्य स्थानीय तहले आफ्नै मापदण्ड बनाएर राहत वितरण गरिरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D