gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा सवारी चालकहरुको नि:शुल्क आँखा जाँच सुरु

अनिल खत्री
२ कात्तिक, गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निशुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो । ‘आँखा उपचारमा निरन्तरत दिऔं ध्यान, आफ्नो र यात्रुहरुको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरुको लागि निशुल्क शिबिर आयोजना गरिएको छ ।

शिबिरको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको आँखा जाँच गरेर सुरुवात गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ४ दिनसम्म चल्ने शिविरमा जिल्ला भर रहेका यात्रुवाहक सवारी चालकहरुको निशुल्क रुपमा आँखा जाँच गरिने आँखा उपचार केन्द्रका सूर्यबहादुर बस्नेतले बताए । शिविरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्वपूर्ण भएकाले समय समयमा चेकजाँच गरिरहनु पर्ने बताए । सवारी चालकहरुको आँखा जाँचले आँखाकै कम्जोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने बताए ।

एउटा सवारी चालकको हातमा धेरै मानिसको ज्यान हातमा रहेकाले चलकलको आँखा जाँच उत्तिकै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पछिल्लो समय बढ्दो दुर्घटना आँखाको कम्जोरी हुँदा पनि हुनसक्ने भएकाले शिबिर सञ्चालन गरिएको हो । निशुल्क रुपमा आँखा जाँच गराउन पाउदा सवारी चालकहरु उत्साहित भएका छन् । आफनो आँखाको अवस्था बारे जानकारी लिन पाउदा सवारी चलाउनको निम्ति पनि ढुक्क हुने सवारी धनी डोलबहादुर कुँवरले बताए ।

शिबिरमा सबै सवारी चालकलाई आएर आँखा जाँच गराउन अनिवार्य गरिएको कुँवरले बताए । उनले यस्तो शिबिर बेला बेलामा आबश्यक रहेको बताए । सवारी दुर्घटनाका कारणहरु मध्ये चालकको आँखाको दृष्टि कम्जोरका कारण पनि रहेकाले शिबिर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

शिबिरमा आँखाको अवस्थाको जाँच र आखाको प्रेसरको पनि जाँच गरिने नेपाल नेत्र ज्योत्ति संघ, आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष शेरबहादुर थापाले बताए । यस्ता शिबिर बिभिन्न सरोकारवालाहरुको समन्वयमा गरिने थापाले बताए । शिबिरमा सरकारी कार्यालयका चालक तथा प्रमुखहरुले पनि आँखा जाँच गरेका थिए । जिल्लामा आँखाका बिरामी अत्यधिक रहेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D