gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा सलामी लिएपछि मन्त्री झाँक्रीको आलोचना, सचिवालय भन्छ – आलाेचना हुन्छ भन्ने थाहा थियोे

गुल्मी, पुष १९ । गृहजिल्लामा सलामी लिएको विषयलाई लिएर शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

गुल्मीको इलाका प्रहरी कार्यालय मदानेमा सलामी लिएकी थिइन् । रातो कपडाले बेरिएको पिर्कामा उभिएकी मन्त्री झाँक्रीलाई ५ जना प्रहरीले सलामी दिइरहेको तस्वीर सामाजिक सञ्जालमा यतीबेला भाइरल बनिरहेको छ । उक्त तस्वीर सुरुमा पूर्काेटदह प्रहरीले सामाजिक सञ्जालमा राखेको थियो । त्यसपछि उनको विरोध हुँदै सामाजिक सञ्जाल नै रंगिएको देखिन्छ ।

खासमा निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय पुगेकी झाँक्रीले लिएको सलामीको यति चर्चा र आलोचना हुनुको पछाडि उनले विगतमा गरेको सलामीको विरोध हो । झाँक्रीले केही समय पहिले जिल्लाकै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा लगायतले लिएको सलामीको चर्को आलोचना गर्दै आएकी थिईन् ।

इलाका प्रहरी कार्यालय, पुर्कोटदहका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने मन्त्रीलाई सम्मान स्वरूप सलामी दिनु नियमित प्रक्रिया भएको बताउँछन् । “निरीक्षणमा आउने सीडीओ साप, एसपी साप, मन्त्रीलाई सलामी दिने विषय सामान्य हो,” उनी भन्छन्, “मन्त्रीलाई हामी माननीय सलामी दिन्छौं।”

आलाेचना हुन्छ भन्ने थाहा थियोे

मन्त्री झाँक्रीले सलामी लिएको फोटो भाईरल हुँदै सामाजिक सन्जालमा आलोचना बढ्न थालेपछी मन्त्री झाँक्रीको निजी सचिवालय सोमबार एक बिज्ञप्ती जारी गर्दै सलामीको बचाउ गरेको छ । “हामीलाई सामाजिक सन्जालमा आलाेचना हुन्छ भन्ने थाहा थियोे, तर याे कुनै आलोचना विषय भने हैन ।”, बिज्ञप्तीमा भनिएको छ, “कानुनअनुसार राज्यकाे एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानकाे सामान्य प्रकृया हाे ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D