Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा सराय नाँच देखाउन नपाइने - Gulminews

गुल्मीमा सराय नाँच देखाउन नपाइने

अनिल खत्री
२१ असोज, गुल्मी । गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ ।

बिहिवार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई कायमै राख्दै दशैंको अबसरमा गरिने सराय नाँचलाई पनि गर्न नहुने सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने साराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन रहि आएको छ ।

प्रसाशनले सूचना जारी गर्दै यस अघि जारी गरिएको निषेधाज्ञालाई कायमै गर्दै सराय नाच गर्न नपाईने थप गरेको हो । गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थान मुख्य गरि साराय नाच हुने स्थान हुन् ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाई एकआपसमा जोडिएर साराय नाच खेलिने गरिन्छ । सराय नाच दशैंका बेला पश्चिम नेपालका मेहि भागमा गरिने पुरानो सँस्कृति सहित मनोरञ्जनात्मक नाच हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । हाल जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा ४५९ जना सक्रिया संक्रमित रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D