gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मीमा समाजबादीका जिल्ला इन्चार्ज र अध्यक्षसहित नेताहरु एमालेमै फर्किए, पार्टी एकताको घोषणा

टोपलाल अर्याल
गुल्मी, २० भदौ । गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (एकिकृत समाजवादी) गुल्मीबिच पार्टी एकताको घोषणा गरिएको छ । सोमबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मलेनको आयोजना गरेर दुवै पार्टीबिच औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिएको हो ।

यो पनि पढ्नुस्: एमालेसंग एकता भनेर गलत प्रचार गरियो, पद दुरुपयोग गर्ने दुई जना निस्काषित: नेकपा समाजबादी

नेकपा एमालेमा केन्द्रिय उप–महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण बिष्टको उपस्थितीमा नेकपा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकिकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकता पत्रमा हस्ताक्षर गरेका छन् । एकिकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकोले फेरि पनि बामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको दाबी गरे । भण्डारीले एमालेभित्रका केहि मुद्धामा हिजो असहमति जनाएर अलग भएको एकिकृत समाजवादी पार्टीले एमसिसि, नागरिकता बिध्येयक, बामपन्थी एकता र उपलब्धीलाई बेवास्था गर्न थालेपछि नेकपा एमालेमा पुन समाहित भएको प्रतिक्रिया दिए ।

मैले एमालेबाट बिद्रोह गरेर स्थानीय तहको चुनावमा आफ्नै सहयोद्धालाई पराजित गराउनु गर्नु बाहेको उपलब्धि केहि भएन । नेतृत्वको बेइमानीले बिद्रोहको उदेश्य पुरा भएन, उनले भने, ‘टुटेको अभियान र मन जोडेर एमालेलाई बलियो बनाउने प्रद्धिवद्धता जनाउँछु ।’ एकिकृत समाजवादीका जिल्ला इन्चार्ज गशेण खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशको लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले बामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताए ।

एकिकृत समाजवादीका जिल्ला इन्चार्ज खनाल र अध्यक्ष भण्डारीसहित युवासंघका केन्द्रिय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन बिष्ट, मुसिकोट गाउँकमिटी अध्यक्ष मदनदिप घिमिरे लगायतका एक दर्जन बढि नेता एमालेमै फर्किएका छन् । स्वागत तथा पार्टी एकता घोषणा सभालाई संबोधन गर्दै एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले जिबन्त पार्टीभित्र देखिने अन्तरबिरोध स्वभाविक भएकाले गुल्मीबाट सुरु भएको अभियान निकै महत्वपूर्ण भएको बताए । उनले एमालेभित्रको अन्तरद्धन्दलाई बाह्यशक्तिले समेत मलजल गरेकाले केहि कमरेडहरुले नयाँ पार्टी स्थापना गरेको बताए । त्यस्तै एमाले उपमहासचिव प्रदिप ज्ञवालीले दुई पाटीबिचको एकताले देशभरका वामपन्थीहरुलाई एकताबद्ध बन्न प्रेरणा थपेको बताए ।

बिद्रोहबाट जन्मिएको पार्टीलाई एकताको तहमा पुराउने निर्णय गर्न निकै चुनौति भएपनि हिजोको बिद्रोहले एमालेलाई बेफाइदा भन्दा कांग्रेसलाई फाइदा पुग्न थालेपछि आन्दोलनको रुपान्तरणका लागि एकिकृत समाजवादीको जिल्लाकै नेतृत्वको एमालेमा समाहित हुनु निकै सुखद बिषय भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D