gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा सबै व्यवसाय एकहप्ता पूर्ण रुपमा बन्द गरिने, एम्बुलेन्स बाहेक कुनै सवारी साधन नचलाऊन आग्रह

गुल्मी, जेठ १३ । महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरी गुल्मीमा पसल व्यवसाय एकहप्ता सम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले जेठ १४ गते बुधबार राति १२:०० बजेदेखि जेठ २० गते राति १२ बजे सम्मका लागि जिल्ला भित्रका सम्पूर्ण व्यापार व्यवसायका साथै एम्बुलेन्स बाहेकका सबै प्रकारका सवारी साधन बन्द गर्नका लागि आग्रह गरेको छ ।

सवारी साधन आवत–जावत गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकाले एम्बुलेन्स बाहेकका सवारी साधन सञ्चालन नगर्न गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले आग्रह गरे । नेपाल सरकारले लागु गरेका नीतिहरुलाई गुल्मी उद्योग वाणिज्य संघले अक्षरस पालना गर्दै आइरहेको उल्लेख गर्दै उनले यस्तो निर्णय गरिएको जानकारी दिए ।

यस जिल्ला पनि कोभिड–१९ को अत्यन्तै जोखिमको क्षेत्रमा परेको बताउँदै फ्रन्टलाइनमा बसेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुमा बढि जोखिम हुने भएकाले एक हप्ताका लागि पसल व्यवसायहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको बताए । उनले कोरोना भाइरसको भयावहलाई ध्यानमा राखेर लकडाउन हुनु अगावै चैत्र १० गते सवारी साधन तथा पसल व्यवसाय बन्द गरेको स्मरण समेत गराए । सिमा नाकामा अलपत्र नेपालीको उद्धार कार्य नसकिदा सम्म विकास निर्माणका कार्य सञ्चालन नगर्न पनि संघिय र प्रदेश सरकारलाई आग्रह गरेको अध्यक्ष भलामीले बताए ।

त्यसो त अध्यक्ष भलामीले गुल्मीमा लकडाउन फितलो देखिएको बताए । यसतर्फ स्थानीय प्रशासन र स्थानीय सरकार अलि बढी सजक बन्नुपर्ने बताए । साथै कतिपय स्थानमा पासकार्डको दुरुपयोग भएको समेत बताए । जिल्लाका नागरिकहरुलाई कोरोना भाइरसबाट बचाउनका लागि कोरोना भाइरस परिक्षणको दायरा बढाउनु पर्ने बताए । यसका लागि व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D