गुल्मी, कार्तिक ०५ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग गुल्मीमा स्थापित द सनराईज युवा क्लबको सातौं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । मदाने गाउँपालिका वडा १ का वडा अध्यक्ष प्रेम चन्द बोहोराको प्रमुख आतिथ्य तथा वरिष्ठ समाजसेवी एव क्लबका संरक्षक लाल बहादुर विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सातौं वार्षिकोत्सब समारोहको समुद्घाटन गर्दै मदाने १ का अध्यक्ष प्रेम चन्द बोहोराले क्लबले गरेको कार्य प्रति प्रशंसा गर्दै सामाजिक संघसंस्थाको जिम्मेवारी वहन गरेको बताउनुभयो । क्लबले गरेका कार्यप्रति जानकारी दिदै क्लबका सल्लाहकार एव कार्यक्रमका विशेष अतिथि राजेन्द्र विष्टले आफ्नो मन्तव्य राख्नुभएको थियो । क्लबका सल्लाहकार बालकृष्ण चन्द, श्री स्वास्थ्य सचेतना आमा समूह सचिव कमला चन्द, श्री अग्लुङ्ग मा वि प्रधानाध्यापक भविलाल खत्री तथा अग्लुङ्ग माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुमानसिंह चन्द लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सातौं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको जुनियर भलिबल प्रतियोगितामा सहभागी १३ टिमलाई पछ्याउँदै मदाने भलिबल क्लब टिम बि प्रथम, मदाने भलिबल क्लब टिम ए द्वितीय र द सनराईज युवा क्लब तृतीय बन्न सफल भएको छन । त्यस्तै खुल्ला लोक नृत्य प्रतियोगितामा सहभागी १३ टिमलाई पछ्याउँदै मुना केसी प्रथम, अग्लुङ्ग ओख्लेदहबाट सहभागी सिम्रिक चन्द द्वितिय, अग्लुङ पैयापाटाबाट सहभागी अनिता केसी, विकास राउत तृतीय र अग्लुङ्ग निपानेबाट सहभागी पुष्पा विष्ट सान्त्वना स्थान हासिल गरेका छन ।
यसैगरी अग्लुङ्ग रिडिवन निवासी विष्णु चन्द बेलुनफोडमा उत्कृष्ट बनेका छन भने वसन्त भण्डारीले घैटो फुटाली नगदसहित पुरस्कार पाएका छन ।
त्यस्तै ९३ बर्षिय कृष्ण बहादुर चन्द वृद्ध सम्मान कार्यक्रमबाट र ओख्लेदह प्राविका गरिब तथा जेहेन्दार विद्यार्थी आशिष् बिक र तुल्सा कुवँरले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति प्रदान कार्यक्रमबाट सम्मान पाएका छन ।
असोज ३१ बाट सुरु भएको कार्यक्रम हिजो कार्तिक ४ गते सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय स्तरका गायक विक्रमबाबु विश्वकर्मा, हास्यकलाकार मनोज ज्ञवाली माइलाबा लगायतका स्थानीय कलाकारको वेजोड प्रस्तुती रहेको थियो । क्लबका अध्यक्ष महेन्द्र जिसिको सभाध्यक्ष, कार्यक्रमका संयोजक विनोद विष्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका सचिव विवश विष्टले गर्नुभएको थियो ।