gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा सनराईजको भित्तेपात्रो विमोचन तथा वितरण

मदाने, ३१ चैत । मदाने गाउँपालिका वडा नम्बर १ मा रहेको क्रियाशिल संस्था द सनराईज युवा क्लबले क्यालेन्डर विमोचन गरेको छ । विगतमा जस्तै यस बर्ष पनि क्लबको भित्तेपात्रो मंगलबार एक कार्यक्रम गरि विमोचन तथा वितरण गरेको हो ।

सामाजिक दुरी कायम गर्दै भएको क्यालेन्डर विमोचन तथा वितरण कार्यक्रमको अौपचारिक पूरा गर्दै सनराईज युवा क्लबका अध्यक्ष महेन्द्र जिसिको अध्यक्षता तथा क्लबका संरक्षक तथा समाजसेवी लालबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यसगरी विशिष्ट अतिथिमा क्लबका सल्लाहकार राजेन्द्र विष्ट, सल्लाहकार भविलाल खत्री, सल्लाहकार बालकृष्ण चन्द साथै अतिथिहरुमा स्थानिय समाजसेवी तथा बुद्धिजीवी व्यक्तिहर्ष भगत चन्द,ऋषिराम खत्री,कमला चन्द, तेजबहादुर कुवर लगायतको उपस्थित रहेको थियो ।

यसरी भित्तेपात्रो स्थानियलाई वितरण गरिरहदा क्लबप्रति सकारात्मक रहेको स्थानियले बताएका छन । वर्षभरि गरेका काम कार्यक्रमहरुको बारेमा जानकारी दिनका साथै समय मिति हेर्नको लागि आवश्यक पर्ने भित्तेपात्रो छपाएर वितरण गरेकोमा कार्यक्रम प्रमुख अतिथि बिष्टले क्लबप्रति धन्यवाद ज्ञापन गर्नुभयो । यद्यपि कोरोना महामारी कायमै रहेता पनि क्लबले भिडभाडका कार्यक्रम गर्न नपाए पनि सचेतनामुलक सँग‌ै जोखिम न्युनिकरणका कार्यहरु गर्न समेत सफल भएकोमा विशिष्ट अतिथि राजेन्द्र बिष्टले क्लबप्रति सकारात्मक भई सहयोग गरिरहने बताउनुभयो ।

जनताको सेवा र विकासका काममा अग्रसर रहने क्लबको उदेश्य भएकाले सदैब यसैप्रति जनसेवा, जनविकास संगै समय सापेक्ष काम गर्दै क्लब अगाडि बढेको अध्यक्ष महेन्द्र जिसिले बताउनुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D