gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा सडक निर्माण कम्पनीको लापार्वाही: समयमै बुझाउन नसक्दा पिच गरेको सडक भासिन र खाल्टा पर्न थाले

मनोज कार्की
गुल्मी, भाद्र २७ । मदन भण्डारी राजमार्ग अन्तरगर्त तम्घास-सिमलटारी-प्युठान सडकखण्डको कालोपत्रे गरिएको २-३ बर्षमै सडक चर्केर चिरा चिरा हुन पुगेको छ । आर्थिक बर्ष २०७०-७१ देखि हाल सम्म ४० कि.मी सडक निर्माणका लागि ६ वटा कम्पनीले ठेक्का पाएका थिए । तर तम्घास अर्खले देखि छल्दी पनाह खोला १० कि.मि निर्माणको ठेक्का पाएको कालिका प्यासिफिक जे.भी काठमाडौँले निर्माण गरेको सडक समयमै बुझाउन नसक्दा कालोपत्रे गरिएको सडक भासिएर चिरा चिरा परेको हो ।

२०७०-७१ मा तम्घास अर्खले देखि छल्दीपनाह खोला सम्म १० कि.कि कालिका प्याफिसिक जे.भी काठमाडौँ, छल्दीदेखि चौरासी सम्म १४ कि.मी एस.वि.ए प्यासिफिक जे.भी काठमाडौँ, चौरासी देखि सिमलटारी ढावा सम्म एस.बि.ए प्यासिफिक समिर जे.भी काठमाडौँ र सिमलटारी ढावादेखि पुर्कोट दह सम्म आशिष बाँसुरी सुनिल समिर जे.भी गुल्मीले सडक निर्माणको जिम्मा पाएका थिए । तर सबै निर्माण कम्पनीले काम सकि मदन भण्डारी राजमार्ग योजना कार्यालयलाई बुझाएता पनि तम्घास अर्खले देखि छल्दीपनाह खोला सम्मको सडकको जिम्मा लिएको कालिका प्याफिसिक जे.भी काठमाडौँले हाल सम्म बुझाउन सकेको छैन ।

सडक निर्माण कम्पनीले २०७० साल देखि २०७६ साल चैत्र सम्म पटक पटक म्याद थपे पनि सडक निर्माण सकेर हस्तान्तरण गर्न सकेको छैन । सडकका बिभिन्न भागमा कालोपत्रे चिरएिको छ भने कैयौँ ठाउँमा खाल्टा परिरहेका छन् । सडकमा देखिएका यस्ता किसिमका समस्या गुल्मेली जनताले खेप्दै आएका छन् । सडककै कारण आफ्नो घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले निबासि प्रेम कुमारीले बताइन् ।

उनको घर जस्तै आफ्नो घर अगाडि सडक चिरिएर दब्दा आफुहरु पनि समस्यामा पर्दै आएको र समस्या वडा अध्यक्षलाई बारम्बार जानकारी वडा नै मौन रहेको गुनासो गर्छन् एक स्थानिय इन्द्र बहदुर कुवँर । उनले भने, “यसरी सम्बन्धित निकायले समस्या नसुनिदिदाँ हामीहरु मारमा परेका छौँ ।” उता सडकको समस्या बारे आफु पनि जानकार रहेको तर सडक निर्माणका पहलका लागि रेसुङ्गा नगरपालिका र सडक निर्माण कार्यालयलाई जानकारी गराईरहँदा पनि सम्बन्धित निकाय चुप बसेको वडा नं ४ का वडा अध्यक्ष बिजय मरासिनीले बताए ।

समयमै सडक निर्माण नसक्दा ठेक्काको रकमको १० प्रतिशत जरिवाना काटेर मात्र सडक निर्माण कम्पनीलाई रकम भुक्तान गर्ने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख ईन्जिनियर सुनीत के.सीले बताए । अब समयमै कार्यालयमा सडकको पुरा काम सम्पन्न गरि नबुझाएमा कार्यालयले कानुनी कारवाही अगाडि बढाउने ईन्जिन्यर के.सिले गुल्मीन्युजलाई बताए ।

यस्तै रेसुङ्गा नगरपालिकाका मेयरले डिल्लीराज भुसालले भने आफुले तुरुन्तै कार्यालयका प्रमुखलाई फोन गरि तत्काल सडकको समस्या न्युनिकरण गर्न आग्रह गरेको जानकारी दिएका छन् । बिग्रिएको सडक मर्मतको लागि निर्माण कम्पनी वा सडक बिभाग पन्छिन् नपाईने पनि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

योजना कार्यालय सडक लिन मान्दैन: ईन्जिनियर बिशाल कटुवाल

आफ्नो काम सबै सकाईसकेको तर सडक बुझाउन जाँदा सडक नै कार्यालयलले लिन नमानेको कालिका प्यासिफिक जे.भी काठमाडौँका ईन्जिनियर बिशाल कटुवालले बताए । आफुहरु सडकको काममा मौन नरहेको र योजना कार्यालयले सडक लिन इन्कार गरेपछि सडक हस्तान्तरणमा ढिला सुस्ती भएको र आफु कार्यालयमा नयाँ भएकाले सडकको अबस्थाको बारेमा १२ दिन अगाडि मात्रै आफुलाई जानकारी भएको ईन्जिनियर कटुवालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D