गुल्मीमा सञ्चारकर्मी शर्मा सहित दुई जनाको शव फेला

प्रेम सुनार

गुल्मी, साउन–८ । आज विहान गुल्मीका बेग्ला बेग्लै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–१ , हस्तीचौरको हर्पुकोट अर्सेनीका अन्दाजी ६५ वषिय लोकबहादुर महतराको शव गुर्वाको महतधारा भन्ने खोलामा फेला परेको त्यहाँका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए ।

हिजो साँझ घरबाट गुर्वातिर हिडेका उनि बाटो देखि तलको भिरको धार्नेको रुखको हाँगा समेत लाछिने गरी लडेर करिव ५० तल पानीमा डुवेको उनले बताए । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

सञ्चारकर्मी शर्मा यसरी विदा भए

साथीहरुको विचमा निलो टिर्शटमा चस्मामा सञ्चारकर्मी शर्मा

गुल्मी जिल्लाका पुराना सञ्चारकर्मी कृष्ण शर्मा आज विहान वम्घामा झुण्डिएको अवस्थामा फेला परेका छन । गुल्मीको रेडियो रेसुङ्गा , स्काई एफएम, वम्घाको ऋषिकेश एफएम र त्यस अघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गरेका शर्मा रुरु गाउँपालिका वडा नम्वर ४, वम्घाको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

गुल्मी कै मुसिकोट नगरपालिका वडा नम्वर–४ बडागाउँको हलोगाडे घर भएका ३६ वर्षिय शर्मा पछिल्लो चरण स्याङ्गजाको आँधिखोला एफएममा काम गर्दै आई रहेका थिए ।

घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार उनले लेखेको सुसाईट नोटले वम्घामा रहेको रेडियोमा काम गर्दा उनको स्थानिय एक युवती सग गहिरो माया प्रेम रहेको बुझिन्छ ।

उनले त्यहाँकी एक युवतीको नाम सम्वोधन गरी निकै गहिरो माया थियो …. आजबाट विदा भएँ… जस्ता कुराहरु लेखेका छन । स्याङ्गजाबाट उनको घर बडागाउँ जाने उनि उल्टो बाटो तिनै प्रेमीका भेट्न वम्घा आएको पाईएको प्रहरी निरीक्षक कार्कीले बताए ।

रेडियो प्राविधिक कार्यमा पारङ्गत उनि विभिन्न कार्यक्रम समेत चलाउँथे । केहि दिन अघि एक रेडियोमा एकडेढ वर्ष सम्म काम गरेको तलव नदिएको भन्दै उनले उक्त विषय उठान गरी तलव दिलाई दिन यसै समाभचारदाता संग फोनमा आग्रह गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ