गुल्मीमा विष सेवनबाट एक बालकको मृत्यु

रासस
गुल्मी, जेठ १ । विष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ । धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए । विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ