gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन सुरु

अनिल खत्री
२६ पुस, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन सुरु भएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि केहि दिन बन्द थियो ।

प्रशासन कार्यालयले केहिदिन देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) दिन थालेको छ । प्रशासन कार्यालयले अहिले सिमित संख्यामा मात्रै राहदानी दिन थालेको छ । प्रशासन कार्यालयमा तीनवटा डेक्स राखेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन थालेपनि सुरुवाती चरण परिक्षणको रहेको उल्लेख गरे ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सेवाग्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रबिधिका कारणले कहेलेकाही समस्या आउने सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नयाँ प्रबिधिमा काम भएकाले कहिले काही शतप्रतिशत नहुन पनि सक्ने उनको भनाई छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सुरुमा आफैलो वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर प्रशासन कार्यालयमा जान सकिन्छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तिन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार हुन्छ ।

जसका लागि प्रशासनमा सुरुमा फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जाने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रिन्टका लागि राहदानी बिभागमा जाने पन्थीले बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा बिवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अधिकृत पन्थीले बताए ।

अब राहदानी लिन लामो समय लाइनमा बस्न पनि नपर्ने भएको छ । अनलाईनबाटै फारम दर्ता गरेपछि राहदानी लिन कहिले प्रशासनमा सम्र्पक गर्ने भन्ने दिन पनि फारम भरेपछि तोकिदिने भएकाले त्यो दिन मात्रै प्रशासनमा आउन पन्थीले आग्रह गरे ।

नेपालमा हस्त लिखित पासपोर्ट हटाएर सन २०१०बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन थालेको थियो । विकसित मुलुकहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रयोग गर्नथालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D