gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा वनको डढेलो निभाउँदा मृत्यु भएका १० परिवारले अझै राहत पाएनन्

तिलाचन पाण्डे
गुल्मी, साउन ६ । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मृत्यु भएका १० जनाको परिवारले अहिलेसम्म पनि सकारी पक्षबाट राहत पाउन सकेका छैनन्।

जिल्ला वन कार्यालयले गरेको अपिल अनुसार डढेलो निभाउन सहयोग गर्नेहरुले हालसम्म पनि सरकारबाट कुनै पनि राहत नपाएका हुन्। जिल्ला वन कार्यालयले राहतका लागि वन विभाग तथा मन्त्रालयमा सिफारिस गरेको भएपनि केन्द्रबाट कुनै पनि सम्बोधन भएको छैन।

०६६ साल बैशाख १० गते वडागाउँ–८ का गोपाल सुनारको तिलेहार सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ज्यान गएको भए पनि उनकी पत्नी इन्द्रमायाले अहिलेसम्म सरकारी पक्षबाट सहयोग नभएको बताइन्।

‘श्रीमान् भएको भए केही हिम्मत पनि आउँथ्यो होला, छोराछोरी सानैछन्,’ उनले भनिन्, ‘१५ वर्षकी छोरी र १३ वर्षको छोरा बौद्धिक अपांगता भएका छन्, झन गाह्रो भइरहेको छ।’ उनका १७ वर्षका अर्का छोरा एसइइको दिएका बसेका छन्।

उनले आफू लगायत पीडितहरुले जिल्ला वन कार्यालयमा पटक पटक अनुरोध गरेको भए पनि सहयोग नपाएको बताइन्। ‘पटक पटक गएर सहयोगका लागि अनुनय गरेका थियौं, तर आश्वासन मात्रै पायौं,’ उनले भनिन्, ‘हाम्रो भनसुन गरिदिने मान्छे पनि कोही भएनन्।’

को कसको ज्यान गयो?

०६६ वैशाख १२ गते हस्तिचौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ५ जनाको ज्यान गएको थियो। स्थानीय रामलाल घिमिरे, अमर बहादुर कंवर, देबकली खत्री, सिता कुंवर, धनकली खत्री रहेको ज्यान गएको थियो।

साबिकको बडागाउँ गाविसको तिलेहार सामुदायिक वनमा सोही वर्ष आगो निभाउने क्रममा घाईते भई उपचारको क्रममा बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो। ०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाविस वडा नं १ का कमल खड्काको ज्यान गयो। ०७३ साल बैशाख १७ गते दोहोली गाविस जलुकी खोला वनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरु¬ङको घटना स्थलमै ज्यान गयो भने सोही आगो निभाउने क्रममा गम्भीर घाईते भएका वडा नं ६ का कालोक बहादुर गुरुङको उपचारका क्रममा ज्यान गयो।
gulmi fire resunga
०७३ साल बैशाख १८ गते वडागाउँ गाविस वडा नं १ को कर्लाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको थियो।

राहतका लागि सरकारी पहल

जिल्ला वन कार्यलय गुल्मीले बिभिन्न सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ज्यान गएका ब्यक्तिका आश्रित परिवारका लागिखसरकारबाट हुन सक्ने अधिकतम सहयोग उपलब्ध गराउन अनुरोध गरिएको भएपनि सम्बोधन नभएको जनाएको छ। तत्कालिन जिल्ला वन अधिकृत बिशाल घिमिरेले मन्त्रालय तथा विभागमा पत्राचार गरेको भए पनि सरकारले केही पनि प्रतिउत्तर नजनाएको जिल्ला वन कार्यालयले जनाएको छ।

साविकको वडागाउँ समेत गाभिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले राज्यले सहयोग नगरेको खण्डमा स्थानीय तहबाट सकेजति सहयोग गर्ने बताए। धेरै पहिलेको घटना भएकोले आफूलाई यसबारे खासै जानकारी समेत नभएको उनले बताए। ‘पीडितहरुलाई पहिले नै सहयोग गरेको भए राम्रो हुन्थ्यो,’ सापकोटाले भने, ‘तर नगरपालिकाबाट हुन सक्ने सहयोग हामीले गर्नेछौं।’ हस्तिचौर गाविस गाभिएको ईश्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले राज्यबाट सहयोग नभएको भए आफूहरुले सहयोग गर्ने बताए। तर दोहोरो सहयोग भने नहुने उनले बताएका छन्। उनले आश्रीतका लागि सहयोग हुने गरेर केही कार्यक्रम नै ल्याउने बताए।

वन तथा वातावरण मन्त्रालयका महानिर्देशक कृष्ण आर्चायले यस बारेमा चाडै सम्बोधन हुने बताए। उनले यसका विषयमा प्रभावकारी कानूनी व्यवस्था नभए पनि मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर केही न केही सहयोग गरिने बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D