gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा वडाअध्यक्षद्धारा स्वास्थ्य चौकी भवन बनाउन निशुल्क रुपमा जग्गा प्रदान

अनिल खत्री
२१ जेठ, गुल्मी । गुल्मीमा एक जना वडाअध्यक्ष आफनो जग्गा स्वास्थ्य चौकी भवन बनाउ प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष तेजकान्ता अर्यालले हर्दिनेटा स्वास्थ्य चौकीको भवन निर्माण गर्न आफ्नो जग्गा निम्ति निशुल्क रुपमा प्रदान गरेका हुन् ।

वडाअध्यक्ष अर्यालले आफनो नाममा भएको साढे ३ रोपनी जग्गा हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको लागी निशुल्क प्रदान गरेको वडाअध्यक्ष तेजकान्ता अर्यालले बताए । हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन बनाउनको निम्ति जग्गा सम्माउने लगायतका कामहरु भइरहेको छ ।

नयाँ भवन बन्नको निम्ति अर्थमन्त्रालयमा बजेट माग गरिएको अर्यालले बताए । वडावासी नागरिक नजिकैबाट स्वास्थ्य सेवा लिन सकुन भन्ने उदेश्यले स्वास्थ्य चौकीको भवन बनाउन निशुल्क जग्गा उपलब्ध गराएको बताए । निशुल्क रुपमा प्रदान गरिएको जग्गा स्वास्थ्य चौकीको नाममा नामसारी समेत भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D