गुल्मीमा लागु औषध नियन्त्रण गर्न जिल्ला समिति गठन

तिलाचन पाण्डे
गुल्मी, जेठ २ । पछिल्लो अबस्थामा लागु औषध सेवनबाट युवाहरु बिग्रदै गएको भन्दै यसलाई नियन्त्रण गर्न र जनचेतना फैलाउन भन्दै जिल्लामा लागु औषध नियन्त्रण समिति गठन भएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर आलेको संयोकमा सदस्यहरु सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारी, रेसुंगा नगरपालिका वडा नं नौ का वडा अध्यक्ष नारायण बराल , जिल्ला स्वास्थ्य कार्यलयका मधुकर शर्मा , पत्रकार माहासंघ गुल्मीका प्रतिनिधी तिलाचन पाण्डे , जिल्ला शिक्षा कार्यलय गुल्मीका प्रतिनिधि , जनज्योती आमा समुहका प्रतिनिधी र जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खडका सदस्य सचिब रहने गरि समिति गठन गरिएको हो ।

समितिले बिद्यालय समुदाय तथा अन्य सरोकारवालासंग अन्र्तक्रिया तथा जनचेतना मुलक कार्यक्रम गर्ने, औषधी बिक्री बितरण गर्ने पसलहरुमा निरन्तर निगरानी राख्ने र अबैध घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा संयोजक मिन बहादुर आलेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ