gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनको छलफल

सन्तोष महतारा
गुल्मी, ०४ माघ । गुल्मीमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनकाे प्रचारप्रसारका लागि गुल्मी आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको हो ।

राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काङ्ग्रेसका नेता युबराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमाेर्चाका नेता तुलप्रसाद विश्वकर्मासँग गुल्मीस्थित पाँच दलीय गठबन्धनका नेताहरुले छलफल गरेका हुन् । अहिले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीको पाँच दलीय गठबन्धन रहेको छ । दलीय गठबन्धनकाे बिरुद्धमा नेकपा एमाले एक्लाे छ ।

नेपाली काङ्ग्रेस गुल्मीको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा भएको छलफलमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक वीर बहादुर कार्की, नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी, राष्ट्रिय जनमाेर्चाकाकी तारा थापा र जनता समाजवादी पार्टीका घनश्याम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशका उमेदवारसँग छलफल गरेका हुन् ।

छलफलको क्रममा राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशकाे दलित तर्फबाट उमेदवार बनेका तुलप्रसाद विश्वकर्माले दलीय गठबन्धनकाे उमेदवार भएकोले आफूले चुनाव जित्ने पक्का रहेको बताए । विश्वकर्मा बिद्यार्थी जिबनदेखि राजनितीमा सक्रिय छन् । उनी राष्ट्रिय जनमाेर्चा पार्टीका नेता हुन् ।

त्यस्तै राष्ट्रिय सभामा लुम्बिनी प्रदेशको तर्फबाट महिला उमेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरेले महिला मात्र नभई सबै राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुकाे बारेमा डटेर लडेको कारण आफूले बहुमतले राष्ट्रिय सभाको निर्वाचन जित्ने दाबी गरिन् । आफ्नै पार्टीका अध्यक्षले संविधान मिचेर देशमाथि बारम्बार गरेको प्रहारकाे बिराेध गर्दा अहिले अलग पार्टीमा हुनुपरेको बताइन् । केपी ओली बिरुद्ध डटेर लड्दा दलीय गठबन्धन सिर्जना भएकोले आफू राष्ट्रिय सभाकाे निर्वाचनमा उमेदवार बन्न पुगेको भन्दै नेकपा एमाले जस्तो प्रतिगमनकारी पार्टी बिरुद्ध लडेर छाड्ने गैरेले बताइन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ हुन् ।

साथै राष्ट्रिय सभाकाे निर्वाचनमा लुम्बिनी प्रदेशबाट खुल्ला तर्फका उमेदवार युवराज शर्माले आफू वि.सं. २०२५ देखि नेपाली काङ्ग्रेससँग आबद्ध भई नेपाली राजनितीमा क्रियाशील रहेकोले आफूलाई सबैले विश्वास गरेर जिताउने विश्वास रहेको बताए । पाँच दलीय गठबन्धनमा कुनै मतभेद नभई आफूहरू अगाडि बढेकोले राष्ट्रिय सभा निर्वाचनमा दलीय गठबन्धनका सबै उमेदवार विजयी हुने शर्माले बताए । उनी नेपाली काङ्ग्रेसका नेता हुन् ।

छलफलको क्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले दलीय गठबन्धन एकआपसमाकाे समझदारीमा चल्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा दलीय गठबन्धनले राष्ट्रिय सभाको चुनाब जित्ने पक्का भएको उपसभापति श्रेष्ठले बताएका थिए ।

दुईदुई पटकपटक संसद विघटन गर्ने प्रयास गरेको नेकपा एमालेले अहिले संसद चल्न नदिएको श्रेष्ठले छलफलको क्रममा बताए दलीय गठबन्धन एकताबद्ध भएर आफ्ना उमेदवारहरुलाई बिजयी बनाउन नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश खटिएको उनलेे जानकारी दिए । नेपाली काङ्ग्रेस गुल्मी, नेकपा माओवादी केन्द्र गुल्मी, नेकपा एकीकृत समाजवादी गुल्मी, राष्ट्रिय जनमाेर्चा गुल्मी र जनता समाजवादी गुल्मीका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो तर्फबाट सबै सहयोग हुने भन्दै उमेदवारहरु पाँच दलीय गठबन्धनको साझा उमेदवार भएको बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D