gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन ४३ हजार बढिले बिवरण दर्ता

अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीका स्थानीय तहरुमा ४३ हजार २९४ जनाको बिवरण दर्ता संकलन गरिएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ऊ संख्याको बिवरण दर्ता संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिबिरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएकोसम्पन्न भएका जसअनुशार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको बिवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ ।

त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको बिवरण दर्ता संकलन गरिएको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ ।

मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागिप्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ ।

परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ ।

जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा ३ जना अपरेटरबाट काम सुरु गरिएको थियो । यो अभियान स्थानीय तहमा चहिरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D