गुल्मीमा राधा माधव समिति आफ्नै भवनमा

अनिल खत्री
१० असोज, गुल्मी । गुल्मीमा राधा माधव समितिको आफ्नै भवन उद्घाटन भएको छ । जिल्लाको सदरमुकाम तम्घास स्थित राधा माधव समितिको नव निर्मित सतसंघ भवनको बुधवार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

भवनको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र राधा माधव समिति नेपालकी केन्द्रिय अध्यक्ष आदरणिय संगिता दिदिले उद्घाटन् गरेका हुन् । नव निर्मित भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थापनाको छोटो समयमै समितिले भवन निर्माण गरेकोमा खुसि व्यक्त गरे । उनले समितिले निर्माण गरेको भवनले धर्म अनुरागी मनहरुको निम्ती अत्यन्तै सुखीको कुरा रहेको बताए । नव निर्मित भवनबाट साधना गर्नेहरु धर्म प्रेमीहरुलाई सुखद पक्ष रहेको बताए ।

गुल्मीमा २०७६ सालमा स्थानपना भएको समितिमा कुन २ सय ५१ जान सदस्यहरु समितिमा आबद्ध रहेको राधा माधव समिति गुल्मीका संचिवालय संयोजक ताराप्रसाद भुसालले बताए । भवन कुल १ करोड २७ लाख लागतमा निर्माण सम्पन्न भएको संयोजक भुसालले बताए ।

भवन निर्माण गर्न स्थानिय बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरिएको हो । गुल्मीमा प्रत्येक शनिवार समितिमा आबद्ध सदस्यहरुले जम्मा भएर सतसंग गर्ने गर्दछन् । नेपालका बिभिन्न ५४ स्थानमा राधा माधव समितिका शाखा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ