गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी

प्रेम सुनार
गुल्मी , असोज–२० । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको आमन्त्रणमा भेटघाटमा पुगेका पत्रकारहरुले दशैमा यातायात व्यवसायीहरुले मनपरी भाडा उठाएर यात्रुहरुको ढाड सेक्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बसेको गुनासो गरेका थिए ।

पाल्पा तम्घास सडक खण्डको भँडेरीमा पहिरो जाँदा जिल्लावासीलाई प्राकृतिक विपद परेको वेला मानविय सहयोगमा यातायात व्यवसायी पनि जुट्नु पर्ने बेला व्रम्हालुटमा लागेको आरोप समेत पत्रकारहरुले लगाए ।

जिल्लाका ठाउँ ठाउँमा आवस्यक गाडी नपुराएर दशैका यात्रुहरु हिडेर सास्ती खेपेको , गाडी कम गराएर दोव्वर तेव्वर भाडा असुलीको नियति वोकेको आरोप लगाउँदै अव छिट्टै आउँदै गरेको तिहारका यात्रुहरुलाई यसरी ठगीन र दुख दिनबाट बचाउन पत्रकारहरुले आग्रह समेत गरे ।
भाडामा यात्रु बोक्न नपाउने रातो प्लेटका गाडीहरुले छतमा समेत मानिसहरु कोचेर हिड्दा पनि प्रशासनले ध्यान नदिएको धेरै पत्रकारहरुको गुनासो थियो । रातो प्लेटवाल गाडीले सिट क्षमता अनुसारको आफ्नो परिवार वा दुख विमारमा परेका आफन्तजन बोक्न दिए पनि पेशेवर रुपमा उनिहरुले यात्रुहरु राखेर राज्यलाई बढि कर तिर्ने पेशेवर कालो प्लेटका यातयात व्यवसायीहरु माथी अचेक्ली भएको विषयमा पनि प्रशासनको ध्यानकृष्ट गराईएको थियो ।

बजार अनुमन नहुने, यातायातका साधनमा छड्के. चेक नहुने , प्रहरीले गर्ने चेक चाँज देखालो दाँत जस्तै हुने लगाएतका विषयमा प्रमुख जिल्ला अधिकारी अर्यालय आफ्नो गम्भीर ध्यानकृष्ट भएको बताएका थिए ।

उनले आफु यसै जिल्लाको नागरिक समेत भएकोले जिल्लाको शान्ति सुरक्षा , सुशासन पारदर्श प्रशासनका लागि सवै संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका जिल्लाका क्रियाशिल पत्रकारहरु पुगेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ