gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा रातरात काठ तस्करी: सबै तै चुप मै चुप, कस्ले काट्यो रातारात सल्लाका रुख ?

टोपलाल अर्याल
गुल्मी, १६ साउन । गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक वनमा २०/२२ भन्दा बढी सल्लाका रुख ढालेर काठ तस्कर गरिएको छ । स्थानीयले कृष्ण टण्डनले बजार नजिकैको सामुदायिक जंगलबाट रातमा रुख काटेर काठ तस्करी हुनु दुःखद विषय भएको प्रतिक्रिया दिए ।

किन भएन समयमै उजुरी र अनुसन्धान

चार दिनअघि काठ तस्कर भएको जानकारी समितिलाई थियो । तर, समितिका पदाधिकारीले स्थानीयको दबाबपछि मात्रै ढिलो गरे सोधिखोजी गर्न थाले । छत्रदेबी हरियाली सामुदायिक बनका सचिव बिष्णुप्रसाद पन्तले आफुहरुलाई चार दिनपहिले रुख काट्दै गरेको सूचना आएपनि कार्यव्यस्तताले आइतबार साँझ मात्रै वनमा पुगेको स्वीकार गरे ।

उनले वनका रुख काटेको सत्य भएपनि कसले र किन काटेको भन्नेबारे केहि जानकारी नभएको प्रतिक्रिया दिए । उनले वनलाई पनि आइतबार अवेर मात्रै जानकारी गराएको बताए । वन निकै संवेदनशिल क्षेत्र हो । ‘वनमा ठुलो क्षति भएको छ । स्थानीय कोहि बोल्दैनन्,’ उनले भने,‘समितिले कोहि कसैलाई दिने निर्णय पनि गरेको छैन ।’ स्थानीयले रातिमा डोजर लगाएको देखेर खबर गरेपछि पनि समितिले वास्ता नगर्दा कतिपयले मिलेमोतोको आंशका गरेका छन् ।

दोषी र समितिलाई नै कारबाही हुन सक्छ

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले आफुहरुको तर्फबाट छानविन सुरु भएको बताए । उनले ठुलो क्षति भएको खबर पाएकाले वन अधिकृतलाई स्थलगत अनुगमनमा पठाएकाले अवस्थाका आधारमा समिति वा दोषि उपर कडा कारबाही गर्ने सापकोटाले बताए ।

स्थानीय किन गाउँपालिकालाई शंका गर्छन

स्थानीय एक व्यक्तिले सोहि ठाउँमा गाउँपालिकाले जग्गा माग गरेकाले गाउँपालिका माथि पनि शंका गरे । उनले गाउँमा नेताहरूकै सेटिङ जस्तो देखिए पनी कोहि स्थानीय नबोल्ने गरेको गुनासो गरे । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले गाउँपालिकाले केहि समय पहिले भोकाधिकारको लागि वनको जग्गा माग गरेपनि आफुले ऐन अनुसार दिन नमिल्ने भएपछि संघीय सरकारमा जान अनुरोध गरेको बताए ।

छत्रकोट गाउँपालिका प्रमुख राम प्रसाद पान्डेयले आफुहरुले जग्गाको विषय गाउँसभामा निर्णय गरेपनि केन्द्रबाट स्वीकृती पाएपछि काम गर्ने बताए । उनले कसैले नियोजित वन फडानी गरेकाले कानुन अनुसार कारबाही हुनुपर्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D