गुल्मीमा यो बर्ष फागुनमा चौथो गुल्मी महोत्सव हुने

अनिष पन्थी
गुल्मी, पुष २४ । गुल्मी जिल्लामा यस बर्ष फागुनमा चौथो गुल्मी महोत्सव हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा यहि आउँदो फागुन २० गतेदेखि २९ गतेसम्म चौथो गुल्मी महोत्सव हुने गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा प्रसाद भुषालले जानकारि दिए ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समवृद्धि निकास ‘शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने मुल नाराका साथ २०७६ साल चैत्र २१ गते देखि २०७७ बैशाख १ गतेसम्म गर्ने भनिएको महोत्सव कोभिड १९ को कारण रोकिएको र यस बर्ष गर्ने निर्णय भएको महासचिव भुषालले बताए ।

गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको ३० औ बार्षिक साधरण सभामा महासचिव भुषालले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामिको अध्यक्षतामा सुरु भएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ