gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित

अनिल खत्री
२७ पुस, गुल्मी । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । कृषि, पशुपालन, नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको संख्या बढ्दै गएको छ ।

सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । गुल्मीको इस्मा गाउँपालिकाको छल्दीमा पनि तम्घासबाट युवाले कंक्रिट उद्योग सञ्चालनमा ल्याएर आफु र स्थानीय युवाहरुलाई रोजगारि दिँदै आएका छन् ।

गुल्मीका जिल्लाको रेसुङ्गा नगरपालिका निवासी युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिकाको वडानम्बर–२ छल्दीमा कंक्रिट उद्योग संचालन ल्याइएको हो । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेका छन् ।

पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएका बेला कतिपय भने स्वदेशमै केही गर्न चाहिरहेका छन् । केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई युवाले चरितार्थ पारेका छन् ।

युवा व्यावसायी श्रेष्ठले छल्दीमा जग्गा भाडामा लिई भुकम्प प्रतिरोधी इन्टर लकिङ्ग ईंटा,टायल लगायत कंक्रिट उत्पादन शुरु गरेका हुन् । २ वर्ष पहिले करिव ५ लाख लगानी गरेर उद्योग सञ्चालन गरेको श्रेष्ठले बताए ।

अहिले उनले ‘रेसुङ्गा इकोसेल एण्ड कंक्रिट उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका छन् । अहिले उद्योग विस्तार गरेर सेवा सुविधा बढाई लगानी पनि ४५ लाख पुगेको उहाँको भनाई छ ।

२०७२ सालको भुकम्प पछि बिभिन्न जिल्लाहरुमा यस्तै सामाग्रीहरु उत्पादन भएको देखेर आफुले सुरु गरेको श्रेष्ठले बताए । एमबिए पढाई सकेर बिभिन्न ठाउँमा रोजगारि पनि गरेर त्यहि अनुभवलाई आफुले आफनो उद्योगमा लगाएको श्रेष्ठले बताए ।

पढाई पछि बैदेशीक रोजगारिका लागि जान आटेका युवा स्वदेशमै केहि गरेर अरुलाई पनि रोजगारि दिनुपर्छ भन्ने सोचले नयाँ व्यवसाय सुरु गरेको बताए । अहिले बेरोजगार रहेका ५५ जना स्थानियलाई रोजगारी दिएको व्यवसायी श्रेष्ठले बताए ।

नयाँ प्रबिधिको भुकम्प प्रतिरोधी नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको छ । उत्पादन भएका सामाग्रीहरु धमाधम बिक्रि भईरहेको र माग बढिरहेको व्यवसायी श्रेष्ठको भनाई छ । उद्योगलाई अझै बिस्तार गर्दै लैजाने सोच रहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D