गुल्मीमा यस्तो देखियो मेलिना राई प्रतिको क्रेज, युवतीहरु बढी क्रेजी (भिडियो सहित)

गुल्मी, चैत ३० । यो बेलाकी चर्चित गायिका मेलिना राईले गुल्मी महोत्सबमा धमकेदार प्रस्तुती दिएकी छन् । गुल्मीको राजाधानी तम्घासमा चैत २० गतेदेखि सुरु भएको प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सबको आठौ दिन मेलिना राईले स्टेज तताएकी हुन् । उनी स्टेज छिरेदेखी ननिस्किँदा सम्म उनको लागि हुटिङ आईनै रह्यो । उनको आधा जसो गीत त दर्शकहरुले नै गाईदिए । उनी पनि बारम्बार आफ्नो माईक दर्शक तिर तेर्स्याईरहिन् ।

गुल्मीमा उनी प्रतिको क्रेज यस्तो देखियो, उनी नै महोत्सबकी मुख्य आकर्षण हुन् । मेलिना स्टेज पस्दा जती युवाहरुको हुटिङ आयो त्यो भन्दा बढी युवातीहरुको हुटिङ बढी सुनिन्थ्यो ।

महोत्सवको आठौं दिन चर्चित कलाकारहरु पशुपती शर्मा, कमल खत्री लगायतका कलाकार सहित मेलिना राईले पनि आफ्नो प्रस्तुती दिएकी थिईन् । कुटुमा कुटु लगायत थुप्रै चर्चित गित गाएकी मेलिना राई गुल्मीमा दर्शकहरुलाई जुरुक जुरुक उचाल्न सफल रहिन् । उनको क्रेज देखेर त्यहा भएका सबै दर्शकहरु र आयोजा पनि छक्क परे, पहिलोपल्ट गुल्मी तम्घासमा आएकी मेलिनाले गुल्मीमा यसरी तहल्का पिटिन्, हेरौँ लेकसाईड मिडियाले खिचेको यो भिडियो:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ