gulminews logo
बुधबार, २०८१ बैशाख २६

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

अनिल खत्री
९ चैत, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–२ निवासी अन्दाजी ५२ वर्षका मोटरसाइकल चालक रामबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्द्रले बताए । सोहि ठाउँ निवासी ३९ वर्षका रुद्र बिक घाइते भएको प्रहरीले जनाएको छ ।

बिहिवार दिउँसो जिल्ला सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नम्बरको मोटरसाइकल इस्मा गाउँपालिकाको छिनुवा खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका २ जना मध्ये कुँवरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल आफै अनियन्त्रिक भइ सडकबाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D