gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

अनिल खत्री
८ पुस, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ निवासी ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार ३१ वर्षका धनकुमार ढेगामगर घाइते भएको प्रहरीले जनाएको छ । बिहिवार बेलुकी बिरबास स्थित तम्घास रिडी सडक खण्डमा बिरबास देखी भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ढेगाको श्रृङ्गा स्वास्थ चौकिमा प्राथामिक उपचारको क्रममा मृत्यु भएको (डिएसपी) पाण्डेले बताउनु भयो । मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखी करिव २ मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D