गुल्मीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

अनिल खत्री
२८ चैत, गुल्मी । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–७ मा भएको लु २३ प ५०६७ नम्बरको होन्डासाइन मोटरसाइकल दुर्घटनामा चालक अन्दाजी ४५ वर्षिय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको गौंडाकोटबाट चारपाला तर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्कीएर सडकबाट करिवा ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D