gulminews logo
सोमबार, २०८१ बैशाख ३१

गुल्मीमा मृगौला प्रत्यारोपण गरेका एक व्यक्तिले कोरोना जीते

अनिल खत्री
५ जेठ, गुल्मी । गुल्मीमा मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सपलान्ट) गरेका एक व्यक्तिले कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले निवासी ३८ वर्षका युवराज भण्डारी कोरोना संक्रमणमुक्त भएका हुन् ।

०७२ सालमा मृगौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मवलले होम आइसोलेशनबाट नै कोरोना जित्न सफल भएको बताउनु भयो । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधी हुने भण्डारीको भनाई छ । कारोना संक्रमण भएको २० दिनका दिनमा संक्रमण मुक्त हुन सफल भएको भण्डारीले बताउनु भयो । आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर निर्देशन निरन्तर पालना गरेर कोरोना संक्रमण मुक्त भएको भण्डारीले बताउनु भयो ।

उनको यो साहस र उत्साहले कोरोना जित्न सकिन्छ भन्ने उदारणका पात्र बनेका छन् । उनि कोरोना संक्रमण मुक्त हुँदै गर्दा सामाजिक संजालमा लेख्नु भएको छ । ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको सन्क्रमणबाट आक्रान्त हुदा बाच्ने झिनो आशा बोकेर सङघर्षको मैदानमा होमिए’ ।

‘अनि करिव बीस दिनको एकान्तबासमा सहभागी भए’। ‘त्यो समय मेरा लागि एक बर्ष भन्दा नि लामो भयो’। ‘घरिघरिको त्यो पीडा सहन नसकेर छट्पटिइ रहदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाको निर्देशन निरन्तर फलो गर्न थाले ’ ।

‘थप हौसला मिल्यो अनि स्वास्थ्यमा पुरै सुधार आउन थाल्यो ’ । ‘कोरोना रिर्पोट नेगेटिभ आयो मनमा खुसी छायो आफन्त गाउँ छिमेक सबैमा खुशी छायो’
‘म अझै पनि दुरि कायम गर्ने आइसोलेसन बस्ने कुरालाइ अझै एक हप्ता लम्बाउने निर्णय गरेको छु उनले लेखेमन छन् यो जटिल परिस्थितिमा सबैको हौसाला अति खाचो महसुस गरे तपाइको हौसलाले कसैको जीवन बाच्छ’ । ‘भने कृपया सामाजिक दुरि कायम गरि स्वास्थ्य माप्डन्डका नियममा रहि बिरामिको ख्याल गर्नुहोला’ ।

‘एउटा पिडितको लागि यो नै सबैभन्दा ठूलो औषधी रहेछ ’ । ‘यो संघर्षको घडिमा साथ दिने फोन सम्पर्क गर्ने डक्टर आफन्त छिमेकि साथिभाइ सबैलाइ धन्यवाद समेत दिएका छन्’ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D