gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा

सन्तोष महतारा
गुल्मी, ११ असार । गुल्मीमा मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा मानवअधिकार वर्षपुस्तक २०२३ काे अर्ध-वार्षिक पुर्व समिक्षा गरिएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि टाेपलाल अर्यालले मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा २०२३ काे प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा अर्यालले इन्सेकले हालसम्म गरेका कार्यहरूकाे विवरण प्रस्तुत गर्दै इन्सेकले काम गरिरहेको क्षेत्रकाे बारेमा जानकारी गराएका थिए ।

इन्सेक गुल्मीमा प्रतिनिधि टाेपलाल अर्यालले बलात्कार, बलात्कार तथा यौन दुव्र्यवहार, हत्या, हिंसा र बालश्रम शाेषण लगायतका घटनाहरु गुल्मीमा दिनानुदिन बढिरहेको बताए । आर्थिक सामाजिक तथा साँस्कृतिक, शिक्षा, स्वास्थ्य, कृषि र खाद्यकाे अधिकार सम्बन्धि जानकारी गराउदै इन्सेक प्रतिनिधि अर्यालले यसतर्फ सराेकारवालाहरुकाे ध्यान जानुपर्ने समेत बताएका थिए ।

छलफलको क्रममा सहभागीहरुले जीविकोपार्जनसँग जाेडिएका बिषयमा सराेकारवालाहरुकाे ध्यान जानुपर्ने बताएका थिए । कार्यक्रममा गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले पालिकासँगकाे समन्वय र सहकार्यमा अगाडि बढेका धेरै अपराधीक घटनाहरुकाे न्यूनीकरण गर्न सकिने बताए । बढ्दै गरेको सडक बालबालिकाकाे सङ्ख्यालाई प्रत्येक पालिकाले पुनर्स्थापना केन्द्र बनाएर सहजीकरण गर्नुपर्ने प्रहरी उपरीक्षक दाहालको भनाइ रहेको छ ।

कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेलले अधिकांश क्षेत्रमा सुधारका कार्यक्रम पनि भएको बताए । बजार अनुगमनको सन्दर्भमा स्थानीय तह बढी जाग्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पाैडेलले सबै क्षेत्रमा सबै मिलेर सकारात्मक काम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, प्रमुख अनुसन्धान अधिकृत दिनेश पाेखरेल, नेपाल पत्रकार महासंघ, जिल्ला कारागार गुल्मी, बार एसोसिएसन गुल्मी र रेसुङ्गा नगरपालिका सहित अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D